काठमाडौँ, २२ मङ्सिर: महानगरीय प्रहरी बृत्त बौंद्धले आफ्नो क्षेत्रमा अवैध रुपमा सञ्चालित बेश्यालयहरुमा छापा मारेको छ । छापा मार्ने क्रममा प्रहरीले वेश्याबृत्ति गराउने सञ्चालक, यौनकर्मी महिला तथा पुरुष गरी २४ जना पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बेश्यालय सञ्चालन गर्ने एक पुरुष र ३ जना महिला पनि पक्राउ परेका छन् । त्यसैगरी ८ जना पुरुष र १२ जना यौनकर्मी महिला पक्राउ परेका छन् । यसअघिका बृत्त प्रमुख प्रहरी नायब निरीक्षक (डिएसपी) श्यामकुमार राईले ति अखडाबाट महिनावारी रकम उठाउने गरेका थिए ।
अहिले बौंद्ध बृत्तमा आएका डिएसपी नरेन्द्र चन्दले जुवा अखडा, अवैध रुपमा सञ्चालित बेश्यालय, अवैध भट्टीलगायतका ठाउँमा छापा मारेर कारबाही प्रक्रिया अगाडि बढाएका हुन् । जोरपाटी, नारायणटारस्थित बागमती पुलबाट नयाँबस्ती भुवाल डाँडासम्म करिब दुई दर्जन अवैध बेश्याबृत्ति गर्ने अखडा सञ्चालनमा थिए । थप विवरण आउन बाँकी छ ।