क्रिकेट खेलको विकासमा सरकार क्रियाशील– मन्त्री विश्वकर्मा

admin

काठमाडौँ, २२ मङ्सिर: युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट खेलको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले लामो समयदेखि विवादमा रहेको मूलपानी मैदानको विवाद वर्तमान सरकारले सल्टाएको बताउनुभयो ।

मन्त्री विश्वकर्माले इपिएल जस्ता घरेलु लिगले नयाँ नयाँ प्रतिभावन खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता प्रतियोगिता निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रतिक्रिया