मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

कृष्ण रोकाया

लहान, २५ मङ्सिर: सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा आज अपराह्न बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

ठाडीबाट लहानतर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको स १० प ३५४२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहा निवासी ३५ वर्षीया जुमेदा खातुनको मृत्यु भएको प्रहरीले छ । बसलाई उछिन्ने गर्ने क्रममा सो दुर्घटना भएको र घटनास्थलमै खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस

प्रतिक्रिया