इतिहासमै धेरै पर्यटक : ११ महिनामै १० लाख नेपाल आए

admin

काठमाडौँ, मंसिर २८ : मुलकुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढेको आजको कारोबार दैनिकमा खबर प्रकाशित छ । सन् २०१८ को ११ महिनासम्ममा १० लाख १ हजार ९ सय ३० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यो इतिहासमै धेरै पर्यटक आगमन हो ।यो वर्ष मासिक औसत ९१ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।अध्यागमन विभागले दिएको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको सोही अवधिभन्दा १७ प्रतिशतले बढी हो ।सन् २०१७ को ११ महिनामा ८ लाख ५७ हजार २ सय ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू