७ वर्ष देखिको प्रेम अन्तत विवाहमा परिणत : यसरी बन्यो समाजकै उदाहरणीय विवाह (भिडियो)

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : होचा पुड्का संघका महासचिव लेखबहादुर मोक्तान र उपाध्यक्ष रुकमनी खड्काको विवाह भव्य रुपमा सम्पन्न भएको छ। यो एउटा समाजका लागि एक उदारणीय विवाह बनेको छ। यसरी सार्वजनिक स्थलमा छोटो कद भएको जोडीको विवाह भएको पहिलोपटक हो।

अन्तरजातीय विवाह भए पनि रुकमनीका परिवार निकै खुशी छन्। लेखबहादुर र उनीहरुको प्रेम गरेको ७ वर्ष पछि विवाह गरेका हुन्। यी नवदम्पति विवाहबाट निकै खुशी छिन्।

उनीहरुको पहिलो भेट एक कार्यक्रममार्फत भएको थियो। त्यसपछि उनीहरु फोनमा कुरा गर्ने गर्थे। साथीको सम्बन्ध हुँदै उनीहरु बीच प्रेम भयो। यसैबीच लेखनाथले रुकमणिलाई विवाहको प्रस्ताब राखेका थिए। अहिले ७ वर्ष पार गरेको यो प्रेम विवाहमा परिणत भयो। उनीहरुबीच १० वर्षको अन्तर छ तर पनि दुवैमा राम्रो सम्बन्ध छ। लेखबहादुर भन्छन, ‘प्रेमलाई उमेर, जात भातले छेक्दैन।’

लेखबहादुर मोक्तान र रुकमनी दुवै कलाकारिता क्षेत्रमा आबद्ध छन्। लेखनाथले सिरियल देखि नित्य समेत गर्ने गर्छन। उनले छिट्टै फिल्म पनि बनाउने तयारीमा छन् भने रुकमनीलाई नित्यमा नाम कमाउने ठुलो धोको छ । उनी नायिका रेखा थापाको ठुलो फ्यान हुन। उनले रेखाका हरेक गतिविधिहरुमा चासो राख्ने गर्छिन। उनलाई आफु कता कता नायिका रेखा थापा जस्तो लाग्छ। उनले नायिका रेखालाई भेट्ने इच्छा पनि व्यक्त गरिन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया