सबै घरमा खानेपानी पु¥याउँछौँ : विकासमन्त्री चौधरी

शर्मिला गुरुङ

लमही, २ पुस : प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सबै घरमा खानेपानी पु¥याइने बताउनुभएको छ ।

दाङको बबई गाउँपालिका–५ को सिमगैरा खैरभट्टी खानेपानी उपभोक्ता संस्थाको आज उद्घाटन गर्दै उहाँले कुनै पनि नागरिक खानेपानीबाट वञ्चित हुन नहुनेमा जोड दिनुभयो । अझै पनि प्रदेशका धेरै बस्तीमा खानेपानी समस्या रहेको उल्लेख गर्दै उहाँले समस्या अन्त्य गर्न सरकार तत्पर रहेको बताउनुभयोे । उहाँले भन्नुभयो, “एक घर, एक धारा अभियानलाई सार्थकता तुल्याइने छ ।” कार्यक्रममा प्रदेशसभा सदस्य उत्तरकुमार वलीलगायतले बोल्नुभएको थियो । रासस

प्रतिक्रिया