पिएनपिखबर : बलिउड अभिनेता जोन अब्राहम ४६ बर्षमा लागेका छन्। उनको जन्म १७ डिसेम्बर १९७२ मा भएको थियो। जोनले २०१४ मा प्रिया रुंचालसंग बिबाह गरेका हुन् । एनआरआई प्रियासंग बिबाह गर्नु अघि अभिनेत्री बिपाशा बसुसंग रिलेशनमा थिए। उनिहरुले ९ बर्षसम्म डेट गरिरहे साथै उनिहरु लिव-इन रिलेशनशिपमा पनि रहेका थिए।

जोनले आफ्नो करियरको सुरुवात मोड्लिंङ्गबाट गरेको थियो। २००३ मा फिल्म ‘जिस्म’बाट उनले बलिउडमा इन्ट्री गरेका हुन् । पछिल्लो १५ साल देखि बलिउडमा सक्रिय छन्।
२०१४ मा नया बर्षमा जोनले एक ट्वीट गरेका थिए। यस ट्वीटमा उनले आफ्नो फ्यानलाई शुभकामना दिंदै ‘यस बर्ष तपाईहरु सबैको जीवनमा माया र धेरै खुसि आओस लव जोन र प्रिया अब्राहम ‘ तर उनले यो ट्वीट गल्तिले गरेका थिए । उनले विपाशा बसुको ठाउँमा एनआरआई गर्लफ्रेंड प्रिया रुंचालको नाम लेखेका थिए।
जोनको यो ट्वीट पढेपछि विपाशालाई थाहा भयो कि जोनले प्रियालाई पनि डेट गरिरहेका रहेछन। त्यसपछि उनीहरुको ब्रेक अप भयो।