नेकपा स्थायी कमिटीमा बोल्ने क्रम जारी

मनिषा थापा

काठमाडौँ, ५ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ३४ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् ।

गत मङ्सिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ः३० बजे आरम्भ भई ११ः१५ बजेसम्म सञ्चालन भएको थियो । आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लीलामणि पोखरेल, चक्रपाणि खनाल, मातृका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

गत शनिबार शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा आजसम्म कूल ३४ जनाले आफ्नो विचार राखेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।

बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गर्नुभएको छ । बैठक शुक्रबार बिहान ८ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौँमा शुरु हुने गरी स्थगित भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं १ संसदीय दलका नेता जयराम यादवले सञ्चार क्षेत्र जहिले पनि देश विकास र समाजमा परिवर्तन ल्याउन समर्पित रहन आग्रह गर्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले समाजलाई असल बनाउन सञ्चारकर्मीले पनि आफूलाई रुपान्तर गर्नुपर्छ भन्नुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेसलाई नियन्त्रण एवं अङ्कुश लगाएमा लोकतन्त्रकै उपहास हुने विचार व्यक्त गर्नुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीले समितिको सिफारिशमा नै अहिले सञ्चारकर्मीको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि भएको जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले सञ्चारकर्मीहरुले अधिकारको कुरा गर्दा कर्तव्यलाई पनि बिर्सन नहुने तर्क गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा महासङ्घका मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल, महासङ्घका प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल र महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले पनि सञ्चार क्षेत्रलाई अझ कसिलो र बलियो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया