भद्रपुर, ६ पुस : प्रदेश नम्बर १ का सङ्घीय मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सडक निर्माणमा पर्याप्त बजेट तथा ध्यान पु¥याउन नसकिएको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति झापाले चन्द्रगढीमा आज आयोजना गरेको कार्यक्रममा उहाँले झापाका सडक ५५ प्रतिशत मात्र सन्तोषजनक भएको बताउनुभयो । मन्त्री कार्की भन्नुभयो, “प्राविधिक लापर्वाहीका कारण ४५ प्रतिशत सडक कमजोर छन् ।” तत्काल प्रदेश सरकारले कानून बनाएर सडक निर्माणमा हुने कमजोरीलाई अन्त्य गर्ने बताउँदै उहाँले ढिलासुस्ती गर्ने ठेकेदारलाई समेत कारवाही गर्ने बताउनुभयो ।
-रासस