बौद्ध स्तुपमा प्वालैप्वाल पार्ने चिनियाँ र ताइवानी ?

शर्मिला गुरुङ

काठमाडौं, ७ पुष : बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियान्तालाई स्तुप वरिपरि घुमाए ।

स्तुपको ‘सोक्सिङ’ देखि तल्लो भागमा खोपेर बनाइएका साना—साना प्वाल देखाए । प्वाल बौद्ध घ्याङ गुठीले बनाएको हो ।

प्वाल खिच्दै अभियान्ताले स्तुप परिक्रममा गरे । रातिका लागि झिलिमिली बत्ती राख्न खोपिएको रहेछ प्वाल ।

‘स्तुपमा आगलागी भयो भने के गर्ने ? लामाले सुनाए । ‘ड्रिल’ गर्ने मेसिनले पारिएका छन्, प्वाल । विदेशी आएर हाम्रो सम्पदा खोप्ने ?’ लामाले सुनाए ।

स्तुप हेरेर केहीबेर लामासँग कुराकानी गरे अभियान्ताले ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ, लामाको कुरा सुनेर गुठीका प्रमुख भुपति बज्र लामालाई भेट्न गाए । खोपेकाबारे कुराकानी सुरु गरे ।
त्यहाँ पहिले खोपिएको थियो । कतै कतै किला उप्किएको थियो ।

उम्पिएको किला ह्याम्मरले ठोक्दा झन् चर्कन्छ, फुट्छ, भनेर मेसिनले खोपेको । चैत्य हामीले अहिले खोपेका होईनौँ । किला पहिला नै खोपिएको थियो, लामाले सुनाए । चिनियाँ र ताईवानी स्वयंसेवा गर्न आएका हुन् ।
स्वयंमसेवीले त अरु ठाउँमा पनि काम गरेका छन् ।

लामा अभिन्यातालाई लिएर आफै चैत्यमाथि उक्लिए । विजुलीका कारण चैत्यलाई साँच्चिकै खतरा भएको ठाउँ हो यो, चैत्यको सबैभन्दा तल्लो भागमा रहेको ठाउँ भुमाउँदै लामाले भने, यो सबै विकास समितिले राखेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू