गाउँमै अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

admin

गलेश्वर, ८ पुस : म्याग्दीको मङ्गला गाउँपालिका– १ कुहूँ पूर्णगाउँमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । अपाङ्गता भएका चार वर्षीय वीरबहादुर अर्मजालाई घरमै परिचयपत्र प्रदान गरिएको छ । गाउँपालिकाले घर घरमै गई अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम शुरु गरेको हो । अर्मजालाई सो गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले परिचयपत्र वितरण गर्नुभयो । उहाँलाई ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र दिइएको छ ।

कर्मजाका बुबा बलसिंह छोराको परिचयपत्र बनाउन सदरमुकाम बेनी जान सक्नुभएको थिएन । “परिचयपत्रसँगै सहुलियत भत्ता पाए छोराको शिक्षादीक्षा र पालनपोषण गर्न सहज हुने थियो,” उहाँले भन्नुभयो । कुहूँमा शनिबार एकीकृत घुम्ती शिविरसमेत आयोजना गरिएको थियो ।
-रासस

प्रतिक्रिया