काठमाडौ : मिस नेपाल श्रृङ्खला खतिवडाले मिस वर्ल्ड २०१८ मा जित हासिल गर्न नसकेपनि देशको सान भने उच्च स्थानमा राख्न सफल भएकी छिन । उनी जब मिस वर्ल्डबाट टप १२ बाट बाहिरिन् । त्यसपछि उनले आफ्नो देशको नाम लिदै जर्जहरुलाई नै अचम्मित पार्दै सानका साथ बाहिरिएकी हुन् । त्यसैगरी उनले एउटा कुरा बारम्बार दोहोयाउने गरेकी छिन् , एक व्यक्तिले संसार परिवर्तन गर्न सक्छ । जुन भनाई नेल्सन मण्डेलाको हो । उक्त भनाईलाई आफूले हृदयदेखि नै विश्वास गर्दै उनले आफ्नो मिस वर्ल्डको यात्रा अघि बढाएको बताएकी छिन् ।

मिस नेपाल श्रृंखला खतिवडाका विभिन्न सौखहरुमध्ये लेखन पनि एउटा हो । उनको अंग्रेजी र नेपाली दुवै भाषा मीठो छ ।
तर, श्रृंखलाको एउटा साहित्यिक लेखनीले भने धेरैलाई झुक्याएको छ । उनले हालै इन्टाग्राममा ‘मि टु’ ह्यासट्यागसहित एउटा पोष्ट गरिन् । जसमा १२ वर्षको उमेरमा एक यूवकबाट यौन हिंसामा परेको प्रसंग उल्लेख छ ।
श्रृंखलाले रातो लत्पतिएको तस्वीरसहित अंग्रेजीमा लेखेको स्टाटस यस्तो छ :
मैले १२ वर्षको उमेरमा आफूभन्दा ५ वर्ष जेठो केटालाई एउटा रातो गुलाबका लागि आफ्नो चुम्बन बेचेँ । हरेक दिन म बस स्ट्यान्डमा उभिँदा उ रातो बाइक चढेर आउँथ्यो । एक दिन उसले रोक्यो, आफ्नो हेल्मेट उतार्यो र आफ्नो कर्लि कपाल मिलाउँदै मलाई हेरेर मुस्कुरायो । भ्यालेन्टाइन डेको दिन उसले मलाई एउटा रातो गुलाब दियो, अनि आफ्नो बाइकमा राखेर एउटा अँध्यारो कोठामा लग्यो । हामी हिँडिरहँदा उसले पुल टेबलमा रहेका मानिसहरुलाई हेर्यो । उसले मलाई यस्तरी चुम्बन गर्यो मानौं कोठामा अरु कोही छैन, मानौं म एक वस्तु हुँ र मानौं मेरो ओठको मात्रै उसलाई मतलब छ । म त्यहाँ निसहाय भएर उभिएँ, उसले मेरो वक्षस्थलमा समात्यो र ओठबाट मेरो जीवन चुस्यो । उ एउटा दुष्ट मुस्कानसहित पछाडि फर्कियो, आफ्नो र्याल र मेरो रगत बाहुलाले पुछ्यो अनि मलाई मातेको रातो आँखाले हेर्यो । मेरो पहिलो चुम्बन ।’
श्रृंखलाले अन्त्यमा लेखेकी छन्, ‘तर उसले मलाई पक्कै मन पराउँथ्यो किनकी भ्यालेन्टाइन्स डेमा उसले मलाई रेड रोज जो दियो ।’
तर यी माथिका भनाइहरुमा प्रेमको प्रतिकलाई रातो र महिलामथिको हिंसाको विषयलाइ निलो र पहेलो रङ मानेकी छिन् । यो आफ्नो वास्तविक अनुभव नभएर साहित्य मात्रै हो भन्ने छनक उनले यसमा कतै दिएकी छैनन् । त्यसैले कतिपय व्यक्तिहरु झुक्किए । उनीहरुले आफुनो पीडादायी अनुभव सेयर गर्ने हिम्मत गरेको भन्दै सह्राहना पनि गरे । तर, उनका पुराना पोष्ट हेरिरहेकाहरुले भने यो उनको साहित्य मात्रै हो भन्ने बुझे ।