पिएनपिखबर : करिब ४० वर्ष अघि देखि राजनीतिक कम्युनिष्ट पार्टीमा सक्रिय सदस्य थिए कमल शर्मा भुसाल। अहिले भने राजनीतिबाट पूर्णविराम लगाई भाँडा माझ्ने काम गर्छन उनी। उनले राजनीतिमा देखा परेको वृकृति र विसंगतिका कारण आफ़ुने राजनीति त्यागेको उनको भनाई छ।

चितवन घर भएका भुसाल २०३५ सालमा राजनीतिमा प्रवेश गरेका थिए। उनले वर्तमानको राजनीतिमा लागेका व्यक्तिहरु अवसरबादको घुम्टो ओडेर बाचेको बताए। उनले भने, ”जनताको लागि हैन आफ्नो लागि राजनीतिमा लागेका मानिस धेरै छन्। अहिलेको राजनीति देश र जनताको लागि नभएर स्वार्थ र गुठकेन्द्रित छ।”
कम्युनिष्ट भन्ने शब्द निकै उच्च छ जुनको प्रयोग नेपालमा मात्र हैन अधिकांश देशहरुमा रहेको बताए। उनी राजनीतिमा लाग्दा निकै उतरचडाब भोगे। उनी विगतका तितो दिनलाई समरण गर्दै भन्छन, ”संघसस्थामुद्दा लागेका कारण केहि दिन जेलमा बस्नु परेको थियो। मेरो बुबा क्यान्सरपिडित हुनहुन्थ्यो र बोल्न पनि सक्नुहुन्थेन। मैले जेलमा पटकपटक बुबालाई भेट्न दिन आग्रह गरे तर दिईएन। जेलबाट छुटेको सात दिनमा बुबाको निधन भयो। अन्तिम पलमा पनि बोल्न पाइन् जुन दुखद लाग्छ।”
कुनै समयमा चितवनको प्रजातान्त्रिक राष्ट्रिय युवासंघको पहिलो निर्वाचित अध्यक्ष रहेका उनी अहिले साहितिक क्षेत्रमा कलम चलाई रहेका छन्। उनले कथा, निवन्ध,कविता, हाइक्यु जस्ता कृति लेख्ने गर्छन। उनले राजनीतिमा मिठा गफमात्र भए मिठा सपना देखाए तर अभ्यासमा नदेखिएको बताए। इमान्दारीपुर्वत राजनीतक गर्ने थोरै मानिस छन् जुन ओझेलमा परेको उनको भनाई छ।
हेर्नुहोस भिडियो :