काठमाडौँ, ९ पुस : ‘निर्मलाका निम्ति न्याय, न्यायका निम्ति आवाज’ भन्ने प्रतिबद्धताका साथ आज त्रिभुवन विश्वविद्यालयका विद्यार्थीबाट गरिएको हस्ताक्षर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा बुझाएका छन् । त्रिवि अन्तर्गत केन्द्रीय विभाग कीर्तिपुर, त्रिचन्द्र क्याम्पस, रत्न राज्यलक्ष्मी क्याम्पस र शङ्करदेव क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट गरिएको हस्ताक्षर बुझाइएको हो ।

सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको र घटनासँग असम्बन्धित व्यक्तिलाई समातेको भन्दै दबाब दिन हस्ताक्षर बुझाइएको त्रिवि कीर्तिपुरमा अध्ययनरत छात्रा सीमा त्रितालले बताउनुभयो । “मानवअधिकारका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न हस्ताक्षर बुझाएका हौँ”, उहाँले भन्नुभयो ।
हस्ताक्षर बुझाउन एक महीनाअघिदेखि सबैबाट सङ्कलन गरिएको विश्वविद्यालयका विद्यार्थी रोमश खतिवडाले जानकारी दिनुभयो । अन्य क्षेत्रबाट पटक÷पटक आन्दोलन गर्दा पनि सरकार उदासिन भएकाले त्रिविअन्तर्गतका विद्यार्थी एकजुट भई निर्मलाको न्यायका निम्ति दबाब खडा गर्न खोजिएको उहाँले बताउनुभयो ।
रासस