काठमाडौँमै भेटिए अर्का रमाइलो अचम्मका होचा दिदीबहिनी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : कलाकार दल बहादुर कार्की होचापुड्का व्यक्ति लगायत सबैको लागि प्रेरणा हुन्। शारीरिक अपाङ्गतालाई लिएर समाजले होच्याउने त्यो समयमा पनि उनले कलाकारिता क्षेत्रमा प्रवेश गरेर सफल बने। होचा पुड्का संघका सदस्य रहेका दलबहादुर हालै होचा पुड्काका हकहितका लागि अभियानमा लागि परेका छन्।

उनी काठमाडौँको लैनचौरमा बस्दै आएका छन्। होचा कलाकार कार्कीले अग्ली युवतीसँग विवाह गरे। दलबहादुरले प्रेम विवाह गरेका थिए। कदको फरकले पनि प्रेममा असर नपारेको यो जोडी सुन्दर वैवाहिक जीवनमा रमाइरहेका छन्।

यो जोडीका अहिले दुई छोरी छन्। उनको १२ वर्षिया ठुलो छोरीको नाम रुसा कार्की हो। उनी कक्षा ५ मा अध्धयनरत छिन् भने ८ वर्षिया सानी छोरीको नाम रश्मी कार्की हो हाल २ कक्षामा अध्धयन गर्छिन। उनीहरु दुवैको कद पनि सामान्य बालिकाको भन्दा सानो छ। यी दिदीबहिनी पढाईमा निकै अब्बल छन्। उनीहरु एकआपसमा एकदमै मिल्ने गर्छन। हेर्नुहोस यी होचा दिदिबहिनीसँग गरिएको रमाईलो कुराकानी…

प्रतिक्रिया