रौतहट खुला दिसामुक्त जिल्ला घोषणा

admin

गौर, १४ पुस: रौतहटलाई आज खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । मुलुकको त्रिसठ्ठीऔँ र प्रदेश नं २ को तेस्रो जिल्लाका रुपमा रौतहटलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । 

गौरमा आज आयोजित एक समारोहबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले रौतहट खुला दिसामुक्त जिल्ला भएको घोषणा गर्दै सरसफाइमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।  मानव जीवनका लागि सरसफाइ अभिन्न अङ्ग भएको हुँदा यसमा सबैले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाही तथा एकाइ कार्यालय रौतहटका प्रमुख अनिल केशरीले एक लाख चार हजार ७६ घरधुरीमा शौचालय बनेपछि रौतहटलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया