जीप दुर्घटनामा चालकको मृत्यु

admin

बैतडी, १७ पुस : आज मध्याह्न यहाँ जीप दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । डोटीको बुडरका ३० वर्षीय कमल सुनारको मुत्यु भएको प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो ।

पुरचौडीबाट खोडपेतर्फ आउँदै गरेको से १ च १५७२ नम्बरको जीप भूमिराजमा दुर्घटना परेको हो । तुसारो परेकाले जीप सडकबाट चिप्लिएर करिब २० मिटर तल खसेको छ । 

-रासस

प्रतिक्रिया