काभ्रे, १९ पुस : नितिगत व्यवस्था नहुदा जंगली जनावरबाट हैरानी भुकम्प पछिको पछिल्लो समयमा पुुन निर्माणको काम काभ्रे जिल्लामा निरन्त्र चलिरहको छ । मंसिर महिनाको अन्तिम सम्ममा प्रथम पटक प्रकासित लाभग्राहीको नामावली अनुसार मंसिर महिना सम्म दोस्रो किस्ताको प्रृक्रयामा नगए रकम फिर्ताको लागी पनि पुन निमार्ण प्राधिकरण मार्फत सुचना जारी गरिसकिएको छ ।
पुन निमार्र्णको अभियान निरन्तर चलिरहदा काभ्रेको अधिकांश गाउबस्तिमा बस्तिमा घरहरु पातलो र जंगलको छेउबाट अलि सम्म स्थानमा सर्ने क्रम पनि बढेको तथ्यहरु देख्न सकिन्छ । बस्तिमा घरहरु पातलोहुनु र युवाहरु बैदेशिक रोजगारीमा पलायन हुनाले पनि खेतवारी बाझो र रुखहरु बढने र झाडीको बिकास भएको यत्र तत्र हेर्न र देख्न सकिन्छ । यस अवस्थामा स्थानय सरकार विशेश गरी महाभार लेक संग जोडिएको स्थानिय निकायमा जंगली जनावरहरुको समस्याहरु बृद्धिहुदै गईरहेको पाउन सकन्छि ।
जंगली जनावर अन्र्तगत बादर, मृग, खरायो, बदेल, जस्ता जंगली जनावरले किसानको बालि नालि खाई दिनाले नागरिकहरु चिन्तित हुने गरेको पनि गुनासोहरु आईरहेको छ । काभ्रेको महाभारत लेक संग जोडिएको पनौति नगरापलिका, बेथानचोक गाउपालिका, खानीखोला गाउपालिका र रोशी गाउपालिका रहेको छन् । पनौति नगरापािलका वडा नं. १ का तुल प्रसाद सापकोटा तथा रोशि गाउपालिका ५ का वकिलमान तामाङ्ग आफ्नो तथा गाउका नागरिकको बालि नालि जंगलि जनावरले भित्राउन नदिदाको समस्या बारे चिन्ता व्यक्त गर्नु हुन्छ ।
स्थानिय सरकार मार्फत नितिगत व्यवस्था के कसरी जंगली जनावरलाई नियत्रण गर्न सकिन्छ सो बारेमा स्थानिय सरकार मार्फत सहयोगको अपेक्षा पनि गरिरहेको बताउछन । बन ऐन, र जंगली जनावर संरक्षण निति अनुसार कुनैपनि जंगली जनावरलाई कुनैपनि हतियार प्रयाग गरि मार्न बन्देज गरिएको छ । स्थानिय सरकार मार्फत बनाउने २२ वटा कानुन मध्ये बालिनालि भित्राउन नदिदाको पिडा अनुसार स्थायि सरकार मार्फत जंगली जनावर नियन्त्रण सम्बन्धि पनि कुनै कानुन बनाउन सके र व्यवहारीक रुपमा कार्यान्वयन भएको अडमा महाभारत लेक संग जोडिएको स्थानिय तहका नागरिकले राहत पाउनेमा आसातित रहेको देखिन्छ ।
वन ऐन, २०४९, सामुदायिक वन नियमावली, वन निर्देशिका, वन नीति २०७१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, वन नीति २०७१ जस्ता कानुनको कारण पनि आम नागरिक जंगली जनावरबाट बालि नालि नोक्सानी तथा पाकेको बालिनालि भित्राउन नपाउदा निरन्तर हैरानीमा रहेको देखिन्छ । स्थानिय सरकारको श्रोत साधन अभावको कारण पनि एक्रिकृत बस्ति बिस्तार गर्न सकिने अवस्था पनि छैन । अर्को विकल्प पनि छैन त्यसकारण पनि स्थानिय नागरिकलाई परको पिर मर्का लाई सहज गराउनको लागी स्थानिय नागरिक मार्फत सञ्चार गृहमा यस्ता सवालमा पनि उजागर गरी स्थानिय सरकार मार्फत कसरी नागरिकलाई सुरक्षित महसुस गराउन सकिन्छ भन्ने अपेक्षामा रहेको कुरा बताउनु हुन्छ रोशी गाउपालिका ५ का योगचन्द्र लामा ।
यस विषयमा पारस्परिक जवाफदेहिता स्थानिय पह परियोजना मार्फत कार्य गर्ने क्रममा सामुदायिक सारथि मार्फत स्थानिय सभामा सवाल उठेपनि समाधानको लागी नागरिक एकजुट हुन नसकिरहेको समस्याको कारण पनि आफ्नो पसिनाको कमाई लिन नसकेको बताउनु हुन्छ रोशी गाउपालिकै चतुरमान लामा । यदि स्थानिय सरकार मार्फत जंगली जनावर मार्फत जुन नु क्षेत्रमा दुख भईरहेको छ उक्त स्थानका स्थानिय सरकार मार्फत उपयुक्त पहल कदमी गरीएको खण्डमा शान्तिको आभा हुने बताउनु हुन्छ योगचन्द्र लामा ।