एजेन्सी : संयुक्त राज्य अमेरिकाको दक्षिणपूर्वमा अवस्थित राज्य जर्जियाका एक युवकले मोटोपनाको समस्याले आफुले भोगिरहेको दैनिकी बारे खुलाएका छन् ।
टिएलसी रियालिटि सिरिजनमा उनले आफ्नौ दैनिकी दिनभरी भिडियो गेम खेल्दै वित्ने गरेको बताएका हुन्। केसी किङ नाम गरेका युवक करिब ७ सय एल बि (३ सय १५ किलो ) तौलका छन् ।
मोटोपनाकै कारण जागिर नपाएको उनले बताए । फिट लुगानै नभिटिने उनको समस्या छदैछ। कोठामा वस्दा ढोका बन्द गरेर नग्न अवस्थामै भिडियो गेम खेल्ने गरेका छन् ।
उनी दैनिक रुपमा मध्यान्ह १२ बजे उठ्छन् , त्यसपछि खाना खान्छन् र भिडियो गेम खेल्दै दैनिकी बिताउँछन्। बाहिर नुहाँउदा सुँगुरले जस्ते उनले नुहाँउनु पर्छ। खाना खान धित नमरुन्जेल सम्म नछाड्ने उनले बताए।