कास्कीमा जीप दुर्घटना : एकजनाको ज्यान गयो

admin

कास्की, पुस २२: कास्कीको अन्नपूर्ण गाउँपालिकामा आइतबार सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।दुर्घटना परि जीप चालक अन्नपूर्ण गाउँपालिका ५ झोबाङका ३५ वर्षीय भीमबहादुर खत्री क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कास्कीको नयाँ पुलबाट मिचुतर्फ छुटेको ग १ ज ५१९७ नम्बरको जीप अन्नपूर्ण गाँउपालिका–१०, हुँदुको सडकबाट खसेरे दुर्घटना भएको हो । चालक क्षेत्रीको घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया