काठमाण्डौं, २२ पुष । झण्डै साढे दुई दशक लामो वैवाहिक जीवनमा पूर्ण विराम लगाएका टेलिभिजन पत्रकार रवि लामिछाने र उनकी पूर्वपत्नी बिच अहिले निकै हिलो छ्यापाछ्याप भएको छ । मंसिरमा सम्बन्ध विच्छेद गरेर अमेरिका गएकी उनकी पुर्वपत्नी इशा लामिछानेले एउटा अनलाईन मिडियाको संचारकर्मीसंग सम्पर्क गरी आफ्ना कुरा राखेपछि दुई जना बीच एक अर्कालाई खसाल्ने दोहोरी नै चलेको छ ।
केही बेर अघि एउटा अनलाइनमा इशाले आफुहरुको सम्बन्धका बारेमा फेरी अन्तरवार्ता दिएपछि रविले फेरी सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनको चरित्र माथि औंला उठाएका छन् । उनले आफ्नी पूर्वपत्नी इशाको चरित्र ठिक नभएको भन्दै प्रेमीसंगको फोटो भन्दै सार्वजनिक गरेका छन् । उनले आफ्नी पूर्वपत्नी र कुनै पुरुषको तस्बिर सार्वजनिक गर्दै स्टाटसमा इशाले भनेजस्तो उनको पनि सम्बन्ध नभएको बताएका छन् ।
तस्बिरमा पुरुषको फेस लुकाइएको छ । उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन् :
ईज्जत लिलाम गर्ने मनशाय नहुदा नहुदैपनि अप्रिय र अपाच्य सामाग्रीहरु सार्वजनिक गर्न बाध्य भए।हिलो छ्यापा छ्याप गर्ने मनशाय मेरो अझैपनि थिएन । मैलेपनि बारम्बार श्रीमतिका प्रेमीहरु गनेर बस्न चाहिन। सबै कुरा पुराना हुन।यो तस्बिरपनि पुरानै हो, रिन्यु गर्ने मन छैन तर आफैलाई घृणा गर्नु पर्ने उनको कथा जस्तो मेरो अतीत कदापि थिएन, छैन र हुदैनपनि।सानो उदाहरण नराखे, मलाई थोरै भएपनि बिश्वास गर्नेहरुको शिर झुक्छ।बाकी हेर्न चाहनेहरुले मलाई ब्यक्तिगत रुपमा भेट्नु होला।उनको कथा उनले भने जस्तै मात्र भए २ झापड हानेर फोटोपनि खिच्नु होला। म आज स्तरहिन मान्छे हुन बाध्य भए। यो भन्दा तल अब म जान चाहन्न।