पेट्रोलियम पदार्थको मूल्य घट्याे

रिता घिसिंग

पौष २३, काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटेको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मध्यराति १२ बजेदेखि लागू हुने गरी घटाएको हो ।

पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ भएकाे छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार घटेको मूल्य समायोजनपछि नेपालको वीरगञ्जतर्फको सीमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ४१ पैसा तथा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ३८ पैसा रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया