अमेरिकाका ‘इण्डो प्यासिफिक कमाण्डर’ स्वदेश फिर्ता

admin

काठमाडौँ, २७ पुस: संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ । 

उहाँलाई आज सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

 

नेपाल भ्रमणको क्रममा कमाण्डर डेभिडसन प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री, प्रधानसेनापतिलगायत उच्चपदस्थ सैनिक पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । साथै उहाँले काभ्रेपलाञ्चोकको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको निरीक्षण भ्रमणसमेत गर्नुभएको सेनाले जनाएको छ । मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ । 

-रासस

प्रतिक्रिया