दमकल बिहीन डोटीका स्थानीय तह

कृष्ण रोकाया

डोटी, १ माघ :डोटीको दिपायल सिलगढी नगरपालिका बाहेक सबै स्थानीय तहमा बारुणयन्त्र (दमकल) बिहीन रहेका छन् । डोटी जिल्लाका आठ स्थानीय तह दमकल विहीन रहेका छन् ।

जिल्लाका शिखर नगरपालिका र केआइसिंह, जोरायल, बोगटान, बडिकेदार, पूर्वीचौकी, सायल र आदर्श गाउँपालिकामा दमकलको अभावमा आकस्मिक रुपमा आगलागी हुँदा आगो निभाउन समस्या भएको स्थानीय बासिन्दा बताउँछन् । गाउँपालिकाले अत्यावश्यक चिज दमकल किन्नुको साटो बरु डाँडाकाँडा भत्काउनका लागि डोजर किन्ने होडबाजी गरिरहेको बोगटान गाउँपालिकाका स्थानीयवासी रमेश बुढाले बताउनुहुन्छ ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बजेट अभावमा दमकल किन्न नसकेको बताउनुभयो । उहाँ भन्नुहुन्छ,“कतिपय गाउँमा सडकनै पुगेका छैनन् दमकल किनेर के काम बरु डोजर किने त सडक खनिन्छ र बाटो पु¥याइन्छ ।” रासस

प्रतिक्रिया