मेक्सिकोमा भएको विस्फोटमा परी २० को मृत्यु, ५४ घाइते

admin

मेक्सिको सिटि, ५ माघ (रासस÷सिन्ह्वा) : मेक्सिकोको मध्य भागमा शुक्रबार भएको विस्फोटनमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीले दिएको जानकारीअनुसार हिडाल्गो राज्यमा भएको सो घटनामा परी अन्य ५४ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बेलुका ७ बजे सान प्रिमिटीभो समुदायको बस्तीमा घटना भएको हो ।

इन्धन सङ्कलन गर्न स्थानीय बासिन्दा भेला भएको बेला पाइप विस्फोटन भएकाले धेरै क्षति भएको बताइएको छ ।

पाइप विस्फोटनलगत्तै आगलागी भएकाले २० जनाको मृत्यु भएको र अरु कैयौँ घाइते भएको हिडाल्गोका गर्भनर ओमार फायाडले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू