आज सुनको भाउ तोलामा ३ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ ।
आज तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैंयामा किनबेच भइरहेको छ । चाँदी प्रतितोला ७५५ रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।