क्यान्सर रोगबारे जनचेतना अभिवृद्धिका लागि मोटर ¥याली शुक्रबार गरिने

मनिषा थापा

क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफलपार्नका लागि आगामी शुक्रबार काठमाडौँ– पोखरा मोटर ¥यालीको आयोजना गरिने भएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्था र काठमाडौँ गेष्टहाउस फाउण्डेशनद्वारा संयुक्तरुपमा आयोजना गर्न लागिएको सो कार्यक्रममा काठमाडौँबाट जनचेतना अभिवृद्धिसम्बन्धी ब्यानरसहित मोटर ¥याली २०० किलोमिटरको दूरी पूरा गरी पोखराको सारङकोट पुगेर समापन हुने र विजयीलाई पुरस्कार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष दिवाकर कर्णिकारले बताउनुभयो ।

यस ¥यालीले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै क्यान्सर रोगको समयमै उपचार गरे निको हुन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्य रहेको अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया