५० किलो गाँजासहित एक जना पक्राउ

admin

सर्लाही, १८ माघ: हरिवन नगरपालिका–११ बासाटोलबाट लागुऔषध गाँजा ५० किलोसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका–६ घुर्कौलीका २९ वर्षीय रासलाल महतो रहेको प्रहरी उपरीक्षक पोषराज काफ्लेले बताउनुभयो ।

सुराकीको आधारमा बिहीबार राति इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोली बासाटोलस्थित घुर्कौली जाने कच्ची सडकखण्डमा ज १ ज ३४४ नम्बरको म्याजिक भ्यानलाई चेकजाँच गर्ने क्रममा दुईवटा बोरामा राखिएको सोे गाँजा बरामद गरिएको उहाँले बताउनुभयो ।
-रासस

प्रतिक्रिया