गलकोट, माघ २६:बागलुङ जिल्लाको पर्यटकीयस्थल घुम्टे जाने पर्यटकलाई लक्षित गरी पक्की पदमार्ग निर्माण गरिएको छ ।
जिल्लाको गलकोट नगरपालिका–७ मल्मको सानाखोलादेखि चौतारासम्म ५०० मिटर पक्की पदमार्ग निर्माण सम्पन्न भएको गलकोट नगरपालिकाले जनाएको छ । गलकोट नगरपालिकाको क्रमागत बजेट अन्तर्गत वर्षको रु आठ लाख र यो वर्षको रु चार लाख गरी रु १२ लाखको लागतमा पर्यटकीय पदमार्ग निर्माण गरिएको कार्यबाहक वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो ।
पक्की पदमार्गलाई साना खोलाबाट राम्चेढुङ्गा हुँदै घुम्टेको धुरी पु¥याउने लक्ष्य राखिएको छ । पदमार्र्ग घुम्टेको धुरीसम्म पुग्दा झण्डै १० किलोमिटर लामो पदमार्ग हुने पदमार्ग निर्माण समितिका अध्यक्ष भक्तबहादुर थापाले बताउनुभयो ।
‘घुम्टे जाने पर्यटकलाई छोटो दुरीमार्फत सहजयात्राका लागि पक्की पदमार्ग निर्माण गरिरहेका छौँ,’ थापाले भन्नुभयो, “निर्माण सम्पन्न गर्नका लागि रु दुई करोड बजेट लाग्ने अनुमान छ ।” पदमार्गका लागि ठूलो बजेट आवश्यक भएका कारण गलकोट नगरपालिकामार्फत प्रदेश तथा केन्द्रीय सरकारलाई बजेट माग गरिएको थापाको भनाइ छ ।