पिएनपिखबर : वास्तुशास्त्रमा नकारात्मक उर्जा हटाउनको लागि सकारात्मक उर्जा बढाउने टिप्स बताएको छ। यदी तपाईले यस्ता कुराहरुको ध्यान राख्न सकेमा घरमा सकारात्मक उर्जा बढ्नुका साथै नकारात्मक उर्जा हटेर जान्छ। धेरै जसो मानिसहरु बाथरुम सम्बन्धि वास्तुको नियम पालना गर्दैनन्। यसको वास्तु दोषको असर हाम्रो दैनिक जीवनमा असर पर्छ। जान्नुहोस बाथरुमको वास्तुदोष हटाउने उपाय :
-यदि बाथरुम बेडरुमसंग अट्याच छ भने सधै ढोका बन्द गर्ने र उसमा पर्दा लगाउन नभुल्नुहोस्। यसले बाथरुमको नकारात्मक उर्जा कोठामा आउन पाउदैन।
-बाथरूमको सफाई नियमित गर्नुपर्छ। अन्यथा वास्तुको दोष बढ्ने गर्छ। बाथरुम नियमित सफा नगर्दा कुण्डलीमा चन्द्र र राहुको दोष बढ्ने गर्छ।
-नुनमा नकारात्मकता ग्रहण गर्ने शक्ति हुन्छ। बाथरुममा सानो कचौरामा नुन राख्नुहोस।
-सम्भव भए सकेसम्म बाथरुम र कोठाको बीच ठेला बनाउनुहोस्। यसले नकारात्मकता आउन रोक्छ।