काठमाडौँ, ५ फागुन : सवारी चेकजाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने दुई टिपर चालक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले बल्खुमा चेकजाँचका क्रममा कागजपत्र नभएपछि प्रहरीलाई घुस दिन खोज्ने बा २ ख ६७७१ नंका चालक २३ वर्षीय ओमबहादुर कार्की र बा ३ ख ६५६८ नम्बर टिपरका चालक २४ वर्षीय लक्ष्य पन्तलाई पक्राउ गरेको हो ।
शनिबार राति चेकजाँचका क्रममा कागजपत्र नभेटिएपछि मिलाइदिन भन्दै उनीहरुले प्रहरीलाई रु ५०० का दरले प्रहरीलाई घुस दिएको वृत्तले जनाएको छ ।
-रासस