पिएनपिखबर : समाजमा सबै मानिसको सधै एउटै अवस्था हुँदैन । आज स्वस्थ मानिस अर्को दिन समस्यामा पर्नसक्छ, मानसिक सन्तुलन गुम्न सक्छ । कतिका परिवारले रेखदेख गरी उपचार गर्छन भने मानसिक सन्तुलन गुमाउने अधिकांश सडकमा बेवारिशे हुन्छन् ।
लुभुकी श्री नेहा पोखरेल र उनको टिमले सडकमा कोही बेवारिशे अवस्थामा भेटियो भने मन थाम्न सक्दैनन्। व्यक्तिगतरुपमा सहयोग गर्दा धेरै झन्झट आउने भएपछि सन् २०१० मा उनीहरुले ‘नेपाल स्नेी काख’ नामको संस्था दर्ता गराए । जहाँ अहिलेसम्म मानसिक सन्तुलन गुमाएका, परिवारको टुंगो नभएका, बलात्कारपछि गर्भधारण गरेका मानसिक बिरामी तथा उनीहरुबाट जन्मेका बालबालिका गरी ७० जना भन्दा बढीले न्यानो काख पाएका छन् ।
उनले उपत्यकाका गल्ली गल्लीबाट कोही बलात्कार भएर छटपटीरहेको बेला, कोही फोहोरमा रमाएको बेला, कोही फोहोरको कन्टेनरमा मृत्युसँग लडिरहेको बेला उद्धार गरिन् र नयाँ जीवन दिएकी छन् । अहिले उनको यो गृहमा ४५ जना महिला पुरुष, बालबालिका आश्रीत छन् । अधिकांश महिलाको मानसिक अवस्था अहिले पनि ठीक छैन । अनि उनीहरुबाट जन्मेका सन्तानले आमा चिन्दैनन् न जन्मदिने आमाले आफ्नो सन्तान चिन्छन् ।
करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा वेवारिसे अवस्थामा शिशु भेटियो। शिशुको खबर पाएपछि ‘नेपाल स्नेही काख’ले उद्दार गर्यो। फोहोरको थुप्रोमा भेटिएकै दिनदेखि ती शिशुको आमा बनेर पोख्रेलले जिम्मेवारी सम्हालेकी छिन्। सुरुमा कालो वर्णका देखिएका ती बालक निकै सुन्दर भएका छन्। ती बालकको नाम भविष्य राखिएको छ भने केहि दिन अघि मात्रै अन्नप्रसन्न पनि गरियो।
अहिले उनिहरु पहिलेको अवस्था र अहिलेको अवस्थाका हेर्दा निकै परिवर्तन आएको छ। विभत्स अवस्थामा उद्धार भएका केही अहिले ठीक भएर नेपाल स्नेही काखको काममा सहयोग गरिरहेका छन् । उनीहरुको उद्धार त भयो तर उनीहरुको उपचार, खाना बस्न निकै समस्या भयो ।थिएटरमा नाटकमा अभियान समेत गर्ने उनीहरु त्यही नाटक खेलेर त कहिले कहिले मःम बेच्न जान्छन्, कहिले पानी बेच्छन् त कहिले दानवीरहरुको दयाले गुजारा गर्छन ।
अहिले उनीहरु ७ जनाको टिम छ । सडकबाट उद्धार गर्ने, उपचार गराउनेदेखि स्याहार सुसार रेखदेखसम्म गर्ने । स्नेहाको संस्थाको एउटै भनाई छ भविष्यमा सडकमा कोही मानसिक रोगी न छटपटिउन, सडकमा कोही बालबालिका जन्मेर अनाथ नभैदिउन । रेस्क्यु गर्न सडकमा निकाल्दा कोहि बेसहारा नभेटियोस। यसरी एकै छाना मुनी श्रीनेहाको परिवार खुसीखुसी बसेको छ । परिवारका सदस्यहरुलाई अनुशासन पनि त्यसै गरि सिकाईएको छ । हिजोसम्म सडकमा अचेत अवस्थामा हिडेका व्यक्तिहरु आज नेपालको राष्ट्रिय गान एकै स्वरमा गाउने गर्छन।