काठमाडौँ, ६ फागुन: महानगरीय प्रहरी प्रभाग नागढुङ्गा काठमाडौँले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडाँै आउँदै गरेको ना५ख ६५९९ नंको बसमा आज जाँच गर्दा सर्लाहीका राजेशकुमार गुप्ता लागुऔषधसहित पक्राउ परेका हुन् ।
लुकाईछिपाई ल्याउँदै गरेको लागुऔषध नाइट्रोभेट ७५७ ट्याबलेट बरामद गरिएको महानगरीय प्रहरी कार्यालयका प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
-रासस