भारतीय चर्चित गायक सोनु निगमको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।
एउटा गीतको भिडियो सुटिङका लागि नेपाल आएका उनी ढाडमा असह्य पीडा महसुस भएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।
उनको रक्तजाँच तथा एक्स रे गरिएको र एमआरआई पनि गरिने अस्पतालले जनाएको छ ।भीआईपी स्वीट ५०१ मा राखिएको छ ।
उनि आइतबार नेपाल आएका हुन् । आफ्नो एक म्युजिक भिडियो छायांकनको लागि पोखरा पुगेका निगमको स्वास्थयमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो । उनी आफ्नो पत्नी र छोरासहित नेपाल आएका हुन् । उनले नेपाल आएको जानकारी इन्स्टाग्राम मार्फत दिएका थिए ।