काठमाडौँ, ७ फागुन :महानगरीय प्रहरी प्रभाग काँडाघारीले जुवातास खेल्ने दुई जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले कागेश्वरी मनहरा नगरपालिका–८ मा जुवातास खेलिरहेको अवस्थामा साँखुका गोम लामा र जोरपाटीका वसन्त पुडासैनीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकासँग प्रहरीले तीन बुक तास र रु १५ हजार नियन्त्रणमा लिएको छ ।
-रासस