नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने पक्राउ

admin

काठमाडौँ, ७ फागुन :महानगरीय अपराध महाशाखाले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले युएस डाइभर्सिटी भिसा (डिभी) भर्नका लागि अमेरिकन दूतावासमा प्लस टूको नक्कली प्रमाणपत्र पेश गर्ने चितवनका २६ वर्षीय निखिल पराजुलीलाई आज दिउँसो महाराजगञ्जबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले नेपालस्थित अमेरिकन राजदूतावासले नक्कली कागजात पेश गरेकाले कारवाहीका लागि महाशाखाका पत्र पठाएकाले उक्त पत्रका आधारमा पराजुलीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका पराजुलीलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
-रासस

प्रतिक्रिया