लागुऔषध कारोबारी २७ जनालाई जेल सजायको फैसला

admin

काबुल, ७ फागुन : लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा अफगानिस्तानका २७ जनालाई जेल सजायको फैसला गरिएको छ । उनीहरूलाई एक वर्ष छ महिनादेखि १८ वर्षसम्मको जेल सजायको फैसला भएको अधिकारीहरूले मङ्गलबार जनाएका छन् । 

लागुऔषधसम्बन्धी अपराध हेर्ने न्यायिक निकायले जारी गरेको वक्तव्यमा अपराधीहरूबाट ठूलो परिणाममा लागुऔषध पनि बरामद गरिएको जनाइएको छ । पछिल्लो एक तथ्याङ्कअनुसार सन् २०१८ मा अफगानिस्तानमा मात्रै भण्डै ६४ हजार टन अफिम उत्पादन भएको थियो । अफिमको उत्पादन विषेश गरेर पश्चिमी र दक्षिणी क्षेत्रमा हुने गरेको पाइएको अधिकारीहरूले जनाएका छन् । 

-रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित समाचारहरू