लिमासोल: ‘मिस नेपाल साइप्रस २०१९’ को उपाधि श्रुति राणाले पहिरिएकी छिन। प्रथम रनरअप श्रीष्टिना महर्जन, द्वितीय रनरअप रन्जु बोहरा र तृतीय रनरअप तुलसी बुढाथोकी घोषित भए। साइप्रसको लिमासोलमा आयोजना भएको कार्यक्रममा १५ प्रतिष्पर्धीलाई उछिन्दै उत्कृष्ट प्रस्तुतिको टाइटल सहित राणाले ताज पहिरिन सफल भएकी हुन्।
कार्यक्रममा पुजा रावल, निशा राई, अनाया कुटु, रिता पन्त, श्रुति राणा, कृषिका बस्नेत, पवि घिमिरे, तुलसी बुढाथोकी, प्रियंका प्रसाई, नेहरिका शाही र कुसुम प्रसाई प्रतिष्पर्धामा उत्रिएका थिए।
रगिस फुयालले आयोजना गरेको कार्यक्रमको निर्णायक मण्डलमा फिस्टा लुइजी र निरञ्जन खत्री थिए। कार्यक्रमलाई वित्तीय रुपमा ‘क्लब एनजेएस’ र ‘क्याची एजुकेसन कन्सलट्यान्सी’ले आयोजना गरेको थियो।