गरीब बालबालिकालाई जोर्डन बुढा मगरको सहयाेग

शर्मिला गुरुङ

काठमाडौँ, १३ फागुन : सक्षम फाउण्डेसन नेपालले हाम्रो अभियान शिक्षा र स्वास्थ्यमा योगदान, हामी सक्षम भन्ने नाराका साथ सुरु गरेको २०७५ सालको बाल शैक्षिक अभियान र नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन अन्तर्गत दुर्गम जिल्ला पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका -१० अन्तर्गतका विद्यालयको कक्षा १ देखि ५ सम्मको बिपन्न विद्यार्थीलाई विद्यालय पोशाक, झोला, कापी, कलम लगायतका शैक्षिक सामग्रीको आवश्यकता भएकोले र उक्त गाउँपालिका र वरिपरिका मान्छेहरूलाई लक्षित गरी अनुमानित ६००० जनालाई लाभान्वित हुनेगरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नको लागि आवश्यक सहयोग गर्नका लागि २०७५-११-८ गते सहयोगी निकाय र समाज सेविहरुलाई अपिल गरेका थियौं ।

उक्त अनुरोधमा तत्कालै तत्परता देखाउँदै श्री जोर्डन बुढा मगर (हाल अमेरिका) ले आफ्नो बुबा स्वर्गीय हिरा बुढा मगरको सम्झनामा उक्त ठाउँमा बाल शैक्षिक अभियान र निशुल्क स्वास्थ्य शिविरमा लाग्ने सम्पूर्ण खर्च दिने घोषणा गर्नु भएको छ।
जोर्डनजीले गर्नु भएको सहयाेग र सद्भावको लागि सक्षम फाउण्डेसन नेपाल हार्दिक धन्यवाद सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

सक्षम फाउण्डेशन नेपाल एक परोपकारी तथा जनहितकारी संस्था हो। देशमा दैवी प्रकाेप आएको बेला तत्काल उद्धार तथा सक्दो सहयोग गर्नुको साथै बेलाबेला देशको विभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, विपन्न विद्यार्थीहरुलाई पढाइमा सक्दो सहयोग र जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया