मजार इ सरिफ, १६ फागुन : अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चम्ताल जिल्लामा सरकारी सुरुक्षाबलले तालिबान लडाकू विरुद्ध जारी राखेको कारबाहीको क्रममा कम्तीका आठ लडाकू मारिएका छन् ।
सेनाका प्रवक्ता मोहमद हनिफ रेजाइले बिहीबार उक्त कारबाहीको जानकारी दिनु भएको छ । सुरक्षाबलले बुधबार बिहान चम्ताल जिल्लाकोे दई ओटा इलाकामा गरेको कारबाहीको क्रममा ती लडाकू मारिएका प्रवक्ता रेजाइले बताउनु भएको छ ।
सो इलाकामा केही समययता तालिबान लडाकू विरुद्ध सरकारी कारबाही जारी रहेको अधिकारीले जानकारी दिएको छन् । तालिबान लडाकू समूहले भने यस विषयको कुनै टिप्पणी गरेका छ्र्रैनन् ।(रासस-सिन्ह्वा) :