काठमाडौँ, १७ फागुन : पोखरा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको शुक्रबार अन्त्येष्टि गरिएको छ ।


पोखरा महानगरपालिकाको रामघाटमा अन्त्येष्टि गर्नुअघि मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या, छोराद्वय विराज र स्वराजले दागबत्ति दिए ।





