अफगानी सैनिक शिविरमा आक्रमण, ४० सुरक्षाकर्मीको मृत्यु

admin

लस्कर गा, अफगानिस्तान, १७ फागुन:  अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । 

शुक्रबार समाचार तयार पार्दासम्म सरकारी सेना र तालिवान लडाकूबीच युद्ध जारी रहेको र कैयौँ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । आक्रमणमा कैयौँ तालिवान विद्रोहीको पनि मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । विद्रोहीले उनीहरूलाई बोकेर लगेका कारण विद्रोहीतर्फ के कति क्षति भएको भन्नेबारे स्पष्ट हुन सकेको छैन । 

-(रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित समाचारहरू