दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘क्लाक बक्स’ भेटियो

admin

अदिस अबाबा, इसिथयोपिया, फागुन : आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्लाक वक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जनाएका छन् । 

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो । घटनामा चालका दलका आठ सदस्यसहित १५७ जनाको मृत्यु भएको थियो ।  इथियोपियाको फाना ब्रोडकास्टिङ कर्पोरेटले आफ्नो ट्वीटर पेजमा लेखेको छ, “इथियोपियन एअरलान्सको दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ भेटिएको छ ।” 

-रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित समाचारहरू