भालुको आक्रमणले आँखा गुम्यो, शरीर छेदबिछेद, श्रीमतीले रुँदै मिडियामा मागिन् गुहार [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। आज भन्दा एक वर्ष अगाडी सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाको गंगाजल बस्ने ४१ वर्षीय जीवन आचार्यलाई भालुले आक्रमण गरेको थियो। उनी बिहानीपख बाख्रालाई घास काट्न जाने शिलशिलामा यो घटना गतेको थियो।

घटनास्थलबाट शुरुमा उनलाई उपचार गर्न बिराटनगर अस्पताल लगिएको थियो। त्यस पश्चात उनी विराटनगर कै रानी आखा अस्पतालमा पनि उपचार कै क्रममा तिन महिना बसे। अहिले सम्म उनको उपचारमा २५ लाख भन्दाबढी रकम खर्च भईसकेको छ। उनका आफन्त छरछिमेकीले उनलाई सक्दो आर्थिक सहयोग गरिसकेका छन्।

उनी अहिले किर्तिपुर अस्पतालमा उपचाररत छन्। भालुको आक्रमणमा परेर उनले आफ्नो एउटा आखा गुमाएका छन्। उनकी श्रीमती पवित्रा आचार्य उनलाई अस्पतालमा रुगेर बसेकी छिन्। अस्पतालले विरामीको स्थिति देखेर तिन वटा अप्रेसन निशुल्क गर्दिसकेको छ। साथै उनलाई ल्याब टेस्टमा १५ % सहुलियत पनि प्रदान गरेको छ।

घरमा कमाएर घर धान्ने नै उनी थिए। अहिले उनी यसरि थलिए पछि घरमा कमाउनेको अभाव भएको छ। यो अवस्थामा उनको उपचार गर्न पनि आर्थिक स्थिति कम्जोर भएकोले बाधा अर्चन आइरहेका छन्। उनको जीवन बचाइदिन उनकी श्रीमतीले मिडियासामु अपिल गरेकी छिन्।

सेवा नै धर्म हो। सके आर्थिक सहयोग नसके यो समाचार शेयर गरेर भए पनि सहयोगी मनसम्म पुराइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तपाईले आफुले सकेको सहयोग गरेर जीवन आचार्यको जीवन बचाईदिनुहुन होला। सहयोग गर्न चाहनेले पिएनपी मिडियाको अफिसियल पेज पिएनपीखबर डट कममा मेसेज पनि गर्न सक्नुहुन्छ।

सहयोगको लागि सम्पर्क नं.

पवित्रा कुमारी आचार्य : ९८६१५०७६१४

खाता नं. : ११३०११०६४८४४३३१०००००१ (नेपाल ब्यांक लिमिटेड फत्तेपुर)

प्रतिक्रिया

सम्बन्धित समाचारहरू