बालिका हत्या अभियोगमा जन्मकैद

admin

भोजपुर, २९ फागुन : जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको फैसला गरेको छ । राईले एक बालिकालाई जबर्जस्ती करणीको प्रयासपछि भदौ १० गते हत्या गरेको अभियोगमा जन्मकैदको फैसला गरेको अदालतले जनाएको छ ।

साथै अदालतले राईलाई एक लाख रुपैया क्षतिपूर्तिको फैसला गरेको निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिनुभयो । राईलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासले जबर्जस्ती करणी उद्योग र ज्यानसम्बन्धी कसुरमा जन्मकैदको सजाय गरेको हो ।
-रासस

प्रतिक्रिया