निलो आँखाका कारण आफ्नै माता पिताले छोडिदिए आश्रम, कोहि परिवार उनलाई स्वीकार्न थिइनन् राजि

रिता घिसिंग

पिएनपीखबर : जब अमेरिकाका एक जोडीले चीनबाट निलो आँखा भएकी बालिकालाई धर्म छोरी बनाएर आफुसंगै लिएर गए। तब उनि ग्लूकोमा पिडित थिइन्। केहि महिनापछि उनको आँखाको समस्या यति बढ्दै गयो कि बालिकाको आँखा नै निकाल्नु पर्यो । अहिले उनि बिस्तारै रिकभरी हुदैछिन। उनलाई आफ्नै माता पिताले आश्रममा छोडेका थिए। भने उनि यसै रोगका कारण कसैले स्वीकार्न मानिरहेका थिएनन्। 

जॉर्जिया स्टेटको बफोर्डमा प्रिमरोज ऑस्टिन पिता क्रिस र आमा एरिनको साथ बसिरहेका छन् । यी जोडीले बालिकालाइ २०१६ मा चीनको अनाथ आश्रमबाट   एडप्ट गरेका हुन्। 

बालिका जन्म देखि नै  ग्लूकोमा बिमारीबाट पिडित थिइन्। जसकारण उनि देख्न र सुन्न पनि सक्दिन थिइन्।  

प्रिमरोजको अमेरिकामा टेस्ट गर्दा थाहा भयो ६ पी २५ डिलीशन सिन्ड्रोमका कारण आँखा देख्न नसकेकी हुन्। साथै दिमाखको संरचनामासमेत समस्या भैरहेको थियो। करिब ८ महिनापछि बालिकाको समस्या यति बढ्यो उनलाई सहन नै मुस्किल पर्यो।बालिकाले दुखाई सहन गाह्रो भएपछि खाना पिउन पनि छोडीदिएका थिए । 

प्रिमरोज दुखाईका कारण १६ घण्टासम्म रोइ रहन्थिन । ११ स्पेशलिस्ट डाक्टरहरु उनको समस्या हटाउने पट्टि लागि परे। त्यसपछि उक्त बालिकाको लागि एकदम अहम फैसला लिनु पर्यो। डाक्टरहरुले आँखा निकाल्ने फैसला गरे। 

आमा भन्छिन ‘प्रिमरोज आफ्नै खुट्टामा उभिन सक्ने भईन र हास्न थालिन। पहिला उनि महिनामा १ पटक मात्र हास्ने र हिड्ने गर्थिन। अब आसा जागेको छ कि अब उनि झन ठिक हुनेछिन।’

उनलाई पहिला अरु बच्चाहरु राक्षस भनि बोलाउथे। उनलाई देखेर अरु बालबलिकाहरु रुने कराउने गर्थे।

चीनको प्रिमरोज गम्भीर रुपमा ग्लूकोमा पिडित थिइन्। त्यसकारण उनका माता पिताले जन्म दिएको चार दिनसम्म पनि अपनाउन अस्विकार गरे। एक अनाथ आश्रममा छोडी दिएका थिए। बालिका नया परिवारको पर्खाईमा थिइन् तर महिनौ बित्यो उनलाई अपनाउने कोहि परिवार आएन। यसैमा क्रिस र ऐरिन फेसबुक स्क्रॉल गर्दै थिए तब  प्रिमरोजको तस्बिरमा पुगेर हात रोकियो। तब उनीहरुले एडप्ट गर्ने फैसला गरे। 

 

प्रतिक्रिया