गलबन्दीको पासो लगाएर ट्याक्सी चालकमाथि यात्रुद्वारा नै हत्याको प्रयास (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : चैत ११ गते सोमबारको दिन बनस्थलीका ट्याक्सी चालक बुद्धि बहादुर गुरुङ रातको दुइ बजे अज्ञात समुहको आक्रमणद्वारा घाइते भएका छन्। गुरुङको ट्याक्सीमा ठमेल, जोरपाटी र महाकालबाट साथी भन्दै चढेको ३ जना युवाहरुले उनलाई आक्रमण गरेका हुन्। गुरुङलाई ३ युवाले महाकालबाट भित्र सुनसान ठाउँमा लगेर ट्याक्सी रोक्न लगाई पछाडी बसेका २ युवाहरुले गलबन्दीले उनको घाँटीमा थिचेर ट्याक्सीको चाबी थुत्नेर आक्रमण गरेका हुन्। 

 

अज्ञात समुहले गुरुङलाई कुटपिट गरि ट्याक्सीको चाबी र नगद लुटेर भागेका थिए। उनले बौद्ध प्रहरीमा उजुरी दर्ता गरेका छन्। अहिले प्रहरीले अज्ञात समुहको खोजि गरिरहेको प्रहरीले बताए। 

 

बाँकि हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया