प्रधानाध्यापक र व्यवस्थापन समिति मिलेर शैक्षिक संस्थाको नाममा आएको सरकारी बजेटको दुरूपयोग (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : देशकै पुरानो दोस्रो शैक्षिक संस्था श्री चन्द्र उच्च मा.बि.मा सबैभन्दा भ्रस्टाचार मौलाउदै गएपछि शिक्षक,स्थानीय तथा जनप्रतिनिधिहरु समेत आक्रोशित भएका छन्। बिद्यालयका प्रधानाध्यापक र बिद्यालय व्यस्थापन समितिले राजनीतिक पहुचको आडमा आफुखुसि शिक्षक नियुक्ति गर्ने, बिद्यालयको कोषको नाममा आएको रकम दुरुपयोग तथा राजनीतिक पार्टीको कार्यक्रम बिद्यालयकै प्राङ्गणमा बिद्यालयकै बजेटद्वारा गर्ने गरेको समेत आरोप केहि व्यक्तिहरुले लगाएका छन्।

देशकै १०४ बर्षिय पुरानो यस शैक्षिक सस्था भित्र भ्रष्टचारको जालो यसरि मौलाउदै गएपछि विद्यार्थीहरुले नै जनप्रतिनिधिहरु समक्ष पुगेर बिद्यालय ब्यबस्थापनका कमजोरीबारे अबगत गराएका छन्।

सिराहा १ मा अवस्थित उक्त बिद्यालयलाई पठनपाठनमा ध्यान दिएर बिद्यालयको बजेटहरु पारदर्शी गर्नको लागि पटक-पटक सुझाब दिदा पनि नमानेको उक्त वडा अधक्ष्य उमेश कुमार यादबले पिएनपीखबरलाइ बताएका छन्।

पार्टीको कार्यक्रम बिद्यालय भित्रै गर्दा खेरि महेश टेन्ट हाउसलाई दिनु पर्ने रकम नपाएपछि उनले जनप्रतिनिधिहरु समक्ष यो दुखेसो गुनासो पोखेका छन। त्यस्तै ल्याब निर्माणको लागि भनेर आएको ५० लाख रुपैया बजेट कहिँ कतै केहि पनि निर्माण नगरेको भन्ने आरोप बिद्यालय ब्यबस्थापनलाई लागेको छ। बिद्यालय व्यस्थापन समितिका अधक्ष्यले बिद्यालयको लागि आएको बजेट कहाँ कसरि उपयोग गर्ने भन्ने सन्दर्भमा ध्यान नदिई बजेटको दुरूपयोग गर्ने गरेको जानकारी प्राप्त भएको छ।

हेर्नुहोस श्री चन्द्र उच्च मा.बि मा भएको अनिमियता सम्बन्धि गरिएको कुराकानी :

प्रतिक्रिया