काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ।
हिजो प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज तेजावी सुनको मुल्य पनि यथावत रहेको छ। आज तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ