पिएनपिखबर, भक्तपुर : गत आइतवार साँझ आएको हावाहुरीले नेपालको पूर्वी तराईका दुई जिल्ला बारा र पर्सामा धनजनको ठूलो क्षति भएको छ। हावाहुरीमा परि ३० जनाको मृत्यु र सयौ घाइते भएका छन्। घाइतेहरुको अस्पतालहरुमा उपचार भैरहेका छन्। भने केहि गम्भीर घाइतेहरुलाई काठमाडौँ ल्याएको छ।
सामाजिक संजालमा सहयोगी हातहरु राहत सामग्री बोकेर धेरै पुगेको देखेर हामी पिएनपि टिम पनि हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा स्थलगत रिपोर्ट गर्न पुगेका थियौ। त्यहाँ पुग्दा हामी छक्क परे। त्रिपाल पुगेको खबर सुनेको हामीले त्यहाँ पुग्दा हावाहुरी पिडितहरु खुल्ला आकाशमै रात बिताएको देखे।
आइतबार आएको हावाहुरीपछि ९ बजे नेताहरु आएर भोलि त्रिपाल सबको व्यवस्था हुन्छ भनेका थिए। तर २ दिन बितिसक्दा पनि नेता नि आएन त्रिपाल नि आएको छैन पिडितहरु बताउछन्।
सरकारले प्रक्रिया पुर्याएर सहयोग गरेको देखिएन। कसैलाई थपैथप कसैलाई केहि पनि छैन। यो कस्तो राहत वितरण हो। सबै नेता देखि जनप्रतिनिधिहरु आए क्षति भएको स्थान हेर्यो अनि चुपचाप गएको स्थानीय बताउछन्। जता ततै उजाड छ पक्कि घरहरु पनि भत्किएको छ। ठुला सवारी साधनहरु पनि लडीरहेको छ। खाना नपाएर भोक भोकै पिडितहरु बसिरहेका छन्। पकाउने भाडा छैन, अन्न पनि पुरिएको छ। बस्ने बास पनि उडाएर लग्यो अब भोक कसरि मेटाउने र रात कसरि कटाउने भन्ने चिन्ताले सताई रहेको पिडितहरु बताउछन।
आइतवार साँझ यस्तो हावा हुरी आयो कि मानौ कसैले आक्रमण गरिराछ र हावामा बाघ गज्रिएको आवाज सुनिन्थ्यो। वरीपरि रहेका बिजुलीका पोलहरु ढल्यो घरको छत उडेर कहाँ उड्यो उड्यो ज्यान जोगाउन मुस्किल परेको पिडितहरु बताउछन्।
हेर्नुहोस भिडियो :